प्रिमियर लिग : लिभरपुलको कठिन जित, टोटेनह्याम वुल्भ्स्सँग पराजित

नेपालभ्युज

प्रिमियर लिग : लिभरपुलको कठिन जित, टोटेनह्याम वुल्भ्स्सँग पराजित

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले कठिन जित निकालेको छ। गएराति भएको खेलमा रेलिगेशन जोनमा रहेको बर्नलीलाई लिभरपुलले १–० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलका लागि खेलको ४० मिनेटमा फाबिन्होले गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

रेलिगेशनबाट बच्न सङ्घर्ष गरिरहेको बर्नलीले धेरै राम्रा गोललाई बचाएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ५४ अङ्क भएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६३ अङ्क छ ।
यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै गएराति भएको खेलमा न्युक्यासल र वुल्भ्स् विजयी भएका छन्। इस्तै, अर्को खेलमा चौथो स्थानमा रहेको वेष्टह्यामले ११औँ स्थानमा रहेको लेस्टर सिटीसँग २–२ गोलको बराबरी खेलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved