“एमसीसी पास गराउन अमेरिकाको दबाब र भाषाशैली ठीक भएन”

नेपालभ्युज

“एमसीसी पास गराउन अमेरिकाको दबाब र भाषाशैली ठीक भएन”
फाइल तस्वीर

काठमाडौं । एमसीसी पास गराउन अमेरिकाले दिएको दबाब र भाषाशैली ठीक नभएको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमालाले किन पत्र लेखेको भनी गरेको प्रश्नमा उनले भने, ‘भर्खरै गठबन्धन बनेको थियो। प्रधानमन्त्री दबाबमा हुनुहुन्थ्यो, अलिकति लचिलो भाषा त्यहाँ छ। सबैसँग छलफल गर्न जरुरी छ भनेर लागेर लेखेको हो। अन्तर्यमा गएर कुन उद्देश्यले लेखेको भनी हेर्ने हो त्यो त्यस्तो होइन।”

अमेरिकासँग नराम्रो पनि नहोस् भनेर उक्त पत्र लेखिएको उनले बताए। एकखालको सहमति बनाएर जान मात्र यस्तो गरिएको उनले तर्क थियो।

समाजका सबैसँग छलफल गरेर समाधान निकाल्ने र आफूहरूले कूटनीतिक तवरले पत्र लेखिएको उनको भनाइ थियो।

अमेरिकाभन्दा पनि नेपाली दलहरूले छलफल गरेर निकास निकाल्नुपर्ने उनले बताए। भने, म अमेरिकासँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छु। अमेरिकासँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने मेरो चाहना छ। इतिहासले पनि यस्तै सिकाएको छ।”

एमसीसी निकै जेलिएर आएको र नेपाली जनताले अझै विचार गरिरहेका उनको भनाइ थियो। अमेरिकाले दबाब दिएर ‘गर्ने भए गर नत्र…’ भन्न नमिल्ने उनको तर्क थियो।

‘हामी सरकारमा हुँदा एमसीसी जसरी डिबेट हुनुपर्थ्यो त्यो भएन। पार्लियामेन्टमा नजाने भए यो समस्या यस्तो हुने थिएन,’ उनले भने।

कात्तिकमा स्वीजरल्याण्डमा आयोजित जलवायुसम्बन्धी विश्व सम्मेलनबाट स्वदेश फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र आफूले एमसीसीलाई साझा पत्र लेखेको बतएका थिए। उक्त पत्र केही दिनअघि सञ्चामाध्यमबाट बाहिरिएको थियो।

तर प्रधानमन्त्रीको दाबीलाई प्रचण्डले खारेज गरेका थिए। पत्र सार्वजनिक भएसँगै प्रचण्डले आपत्ति जनाउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved