स्पाइनल कर्ड प्रत्यारोपण गर्न सफल भए वैज्ञानिक, पक्षघातका बिरामी हिँड्ने आशा पलायो

वैज्ञानिकहरू संसारमै पहिलोपटक स्पाइन कर्ड प्रत्यारोपण गर्न सफल भएका छन्। यो सफलताले पक्षघात भएका मानिसहरूलाई फेरि हिँड्न सक्षम हुने आशा पलाएको छ।

नेपालभ्युज

स्पाइनल कर्ड प्रत्यारोपण गर्न सफल भए वैज्ञानिक, पक्षघातका बिरामी हिँड्ने आशा पलायो

खुशीको खबर छ। हालै सफल एक अनुसन्धानले पक्षघातका कारण कुँजिएर बस्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने सम्भावनाको ढोका खुलेको छ।

वैज्ञानिकहरू संसारमै पहिलोपटक मानव स्पाइनल कर्ड (सुषुम्ना, मेरुदण्डभित्र भएर जाने मस्तिष्कको मूल नसा) प्रत्यारोपण गर्न सफल भएका छन्। यो सफलताले पक्षघात भएका मानिसहरूलाई फेरि हिँड्न सक्षम हुने आशा पलाएको छ।

मानवीय कोषहरू प्रयोग गरी बनाइएको थ्रीडी स्पाइनल कर्ड पक्षघात भएका मुसाहरूमा प्रत्यारोपण गरिएको थियो। त्यसले उनीहरूमा हिँड्ने क्षमता निर्माणमा ८० प्रतिशत सफलता मिलेको अनुसन्धाताले जनाएका छन्।

बिरामीहरूबाट लिइएको तन्तुहरूको नमूनालाई मानव स्पाइनल कर्डको रूपमा विकास गरिएको थियो।

यो अनुसन्धानको सफलताबाट वैज्ञानिकहरूले केही वर्षमा चोटपटक लागेका तन्तुको पुनर्निर्माण गर्न सफल हुने आशा व्यक्त गरेका छन्।

वैज्ञानिकहरू यो अनुसन्धानलाई मानिसहरूमा क्लिनिकल परीक्षण गर्ने तयारी गर्दैछन्। आगामी वर्षमा कृत्रिम रूपमा बनाइएको तन्तुहरूलाई पक्षघात भएका मानिसहरूमा प्रत्यारोपण गरिनेछ।

यो अध्ययनको नेतृत्व ‘द सागोल सेन्टर फर रिजेनेरेटिभ बायोटेक्नोलोजी’का प्रोफेसर ताल डिभीरको अनुसन्धान टोली, द शमुनिस स्कुल अफ बायोमेडिसिन एन्ड क्यान्सर रिसर्च र तेल अवीव विश्वविद्यालयको डिपार्टमेन्ट अफ बायोमेडिकल इन्जिनियरिङले गरेको थियो।

“यो परीक्षण गरिएका जनावरहरू राम्ररी हिँड्न सकेका थिए,” प्रोफेसर डिभीरले भने।

दीर्घकालीन पक्षघात भएका जनावरमा मानव कृत्रिम तन्तुहरू प्रत्यारोपण गरिएको यो संसारमै पहिलो उदाहरण हो। जुन मानव पक्षघातको उपचारको लागि पनि सबैभन्दा सान्दर्भिक मोडल हो।

“विश्वभरी लाखौँ मानिसहरूको मेरुदण्डमा चोट लागेका कारण पक्षघात भएको छ र उनीहरूको लागि प्रभावकारी उपचार छैन,”  प्रोफेसर डिभीर भन्छन्, “सानै उमेरमा घाइते भएका व्यक्तिहरूले जीवनभर ह्वीलचेयरमा बसेर सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी खर्च व्यहोर्नुपर्ने हुन्छ। हाम्रो उद्देश्य ती प्रत्येक पक्षघात भएका व्यक्तिको व्यक्तिगत मेरुदण्ड प्रत्यारोपण गर्नु हो। टुक्रिएका तन्तुलाई बिना रोकावट पुनर्निर्माण गर्न सक्षम बनाउनु हो।”

प्रोफेसर डिभीरले यो प्रविधिमा विरामीको पेटको बोसोको तन्तुको सानो टुक्रा लिएर शरीरको कुनै पनि कोषले स्विकार्न सक्ने गरी विकास गरिन्छ।

इन्डेपेन्डेन्टबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved