दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

नेपालभ्युज

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

एजेन्सी । दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ। यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन्।
कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ। गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाईनबाटै खरिद गरेका छन्।

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved