खुला सीमालाई व्यवस्थित गरौं

खुला सीमालाई व्यवस्थित गरौं

बुद्ध भूमिका रुपमा विश्व मानचित्रमा नेपालको आफ्नै पहिचान छ। छिमेकी भारतसँग हाम्रो सम्बन्ध प्राचिनकालदेखि रहेकोे तथ्य जगजाहेर नै छ। हाम्रो भेषभुषा, रहनसहन, खानपिन इत्यादिहरू मिल्दछ । रोटी–बेटीको सम्बन्ध यसलार्ई थप अन्योन्याश्रित बनाइरहने सेतु हो।

हामीबीच खुला सीमाना पनि छ। यसका कतिपय फाइदा पनि होलान्। तर, सीमा व्यवस्थित हुन नसक्दा हामीले नोक्सानी व्यहोर्नुपरेको तथ्यलाई नजरअन्दाज गर्न सकिन्न। कतिपय अर्धशास्त्रीहरुले नेपालको मुटु मधेश विकसित नहुनुको एउटा कारण खुला सिमाना रहेको तर्क पनि गर्छन्।

अर्कोथरीले समग्र देशको विकास नभएसम्म मधेश विकसित हुन नसक्ने तर्क पनि गर्छन्। विभिन्न मानकहरूको तुलना गर्दा मधेश विकसित हुनुपर्ने हो, जो भइरहेको छैन।

खुला सीमाकै कारणले राज्यले पाउनुपर्ने अर्बौको राजस्व चुहावट भइरहेको छ। मधेशमा उत्पादीत वस्तुहरुले लागतको अनुपातमा मुल्य पाइरहेका छैनन्। यस्को ज्वलन्त उदाहरण केरा हो। खुला सीमा भएकै कारण भारतीय केराहरु नेपालको बजारमा पर्याप्त आउँछन्, मधेशमा केरा उत्पादन गर्ने किसानहरुको लागत अनुसारको मुल्य पाइरहेका छैनन्। त्यही कारणले नवलपरासी पश्चिमका केही केरा कृषकहरु भन्सार कार्यालय अगाडी धर्ना दिइरहेका थिए।

यसरी नै कृषकले उत्पादन गर्ने वस्तुले लागत अनुसार मुल्य पाउँदैनन् । यसको मुख्य कारण भनेको भारतबाट आउने उत्पादनका् नियमन नहुनु हो। भारतीय कृषकहरुले सरकारबाट विभिन्न किसिमका सहुलियतहरु प्राप्त गर्ने भएकाले भारतीय उपजहरुसँग नेपाली कृषकहरुले प्रर्तिस्पर्धा गर्न सक्दैनन्।

यी घटनाहरुले गर्दा सीमा बन्द गर्नुपर्दछ र निश्चित स्थानहरुबाट मात्रै आवागमन हुनुपर्दछ भन्ने मतलाई बल मिलिरहेको छ । तर, सीमा पूर्ण रुपले बन्द गर्नुपर्छ भन्ने मेरो मत होइन, नाकाहरुबाट तोकिएको वस्तुहरुको निर्यात र आयात मात्रै हुनुपर्दछ अर्थात् सीमा व्यवस्थित भने हुनुपर्छ।

सांस्कृति अतिक्रमण, सीमा क्षेत्रका व्यवसायहरुको संघर्षरत अवस्थालगायत समस्याहरू अव्यवस्थित सीमाकै उपज हुन्। भारतमा मात्रै हेैन विश्वका अरु केही देशहरुमा समेत खुला सिमा छ। तर, ती व्यवस्थित छन्।
नेपालमा अव्यवस्थित सीमाको फाइदा उठाएर प्रत्येक दिन तस्करहरुले चोरी निकासी गरिरहेका छन्।देशलाई समृद्ध पार्न र मुद्रा घाटा कम गर्न स्वदेशी वस्तुहरुको उपभोगमा जोड दिनुपर्दछ। खुला सिमा देशको लागि वरदान हो भने देशले के पाएको छ ? हो जनताहरुले अलि कम मुल्यमा वस्तुहरु पाउँछन्, तर देशको मुद्रा अवमुल्यनमा यसले जोड दिन्छ।

देशमा भारतबाट वस्तुहरु ल्याउनाले नेपाली व्यवसायीहरुलाई धेरै मर्का पर्दछ। जो हामीले हामी प्रत्यक्षभोगिरहेका छौं। खुला सीमाकै कारण अपराध नियन्त्रणमा पनि समस्या छ। केहि व्यक्तिहरू खुला रोटी–बेटीको सम्बन्ध टिकाइराख्न खुला सीमा नै हुुनुपर्छ भन्ने मान्यता राख्छन्। केहीले खुला सीमाको बहसलाई भोट आकर्षित गर्ने माध्यम पनि बनाएका छन्।

जेसुकै होस्, खुला सीमाले पारेका प्रभावहरूबारे हामीले अध्ययन गर्नुपर्ने समय आइसकेको छ। देशलाई समृद्ध र विकसित बनाउने हो भने यो जरुरी छ। देश समृद्ध भए मधेश समृद्ध हुन्छ , देश डुब्यो भने मधेश डुब्छ ।

(लेखक शिक्षा,कृषि र अर्थसँग सम्बधित विषयमा कलम चलाउँछन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved