सत्ता गठबन्धनको बैठक बस्दै

आजको बैठकमा स्थानीय चुनावसहितका विषयमाथि छलफल हुने बताइएको छ।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। सत्तागठबन्धनको बैठक आज बस्दैछ। पाँचदलीय सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटघाट भएपछि आज गठबन्धनको बैठक बस्न लागेको हो।

शुक्रबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।

सोही बैठकपछि आज सत्तारुढ पाँच दलबीचको गठबन्धन बैठक बस्न लागेको हो। आजको बैठकमा स्थानीय चुनावसहितका विषयमाथि छलफल हुने बताइएको छ।

हिजो भएको शीर्ष तीन नेताको भेटमा मंगलबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा भएको थियो। यस्तै, स्थानीय तहको निर्वाचन र कानूनी समस्याका विषयमा छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved