मिडियालाई वर्षाको अनुरोधः मनोरञ्जनको नाममा संवेदनाको व्यापार बन्द गरौँ

वर्षाले पर्दा बाहिर निस्केपछि कलाकारको पनि यथार्थको भोगाइमा बाँच्नुपर्ने भन्दै सबैले कुरा सबैले बुझ्नुपर्ने बताइन्। उनले केही व्यक्तिगत कुरा म सार्वजनिक गर्दिनँ, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ? भन्ने प्रश्न गरेकी छन्।

नेपालभ्युज

मिडियालाई वर्षाको अनुरोधः मनोरञ्जनको नाममा संवेदनाको व्यापार बन्द गरौँ

काठमाडौं। सार्वजनिक व्यक्तिको पनि व्यक्तिगत जीवन हुने भन्दै नायिका वर्षा सिवाकोटीले संवेदनाको व्यापार बन्द गर्न मिडियालाई अनुरोध गरेकी छन्।

वर्षाले सामाजिक सञ्जालमार्फत पर्दाको चमकभन्दा बाहिर पनि आफूहरुको जीवन रहेको बताएकी हुन्। कलाकारको जीवनमा हुने आरोह अवरोहलाई पनि ख्याल गरिदिनुपर्ने उनको भनाइ छ।

‘पर्दाको चमक धमकपूर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ। तर, सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ,’ वर्षा लेख्छिन्, ‘मानवीय संवेदना सकिएको छैन् भने यस्ता कुरालाई मनन गरौं, र सच्याउँ।’

वर्षाले पर्दा बाहिर निस्केपछि कलाकारको पनि यथार्थको भोगाइमा बाँच्नुपर्ने भन्दै सबैले कुरा सबैले बुझ्नुपर्ने बताइन्। उनले केही व्यक्तिगत कुरा म सार्वजनिक गर्दिनँ, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ? भन्ने प्रश्न गरेकी छन्।

‘व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी वा चित्त दुख्ने गरी सामग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं,’ उनी लेख्छिन्, ‘मनोरन्जनको नाममा मानिसको संवेदनाको व्यापार बन्द गरौं, मेरो अनुरोध’।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved