खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

आलुबाट आम्दानी राम्रो हुने भएकाले पूरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताइन्।

नेपालभ्युज

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

कालीकोट। जिल्लाको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ ।

डडुवा रोगले स्थानीय किसानहरुले करीब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पूरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताइन्।

“विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, मनसराले भनिन्, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।”

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। “डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ,” उनले भने।

केही बारीमा रोगले छुन नसके पनि केही बारीमा पूरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिए।

“हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाहबिना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं”, उनले भने, “रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया थालेका छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved