विन्टर ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

नेपालभ्युज

विन्टर ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

एजेन्सी । चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको विन्टर ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ।

सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्।
प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ्ग आइपुगेका छन्।

तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना अफिसियलहरु रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved