कर्मचारी हटाइएपछि रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

नेपालभ्युज

कर्मचारी हटाइएपछि रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्।

रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिनाकारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

जनकपुर कार्यालयले केही दिन अगाडि ज्वालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो। रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक सञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर बिनाकारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए।

संयोजक गोइतले ज्वालादारीमा काम गर्ने कर्मचारी नहटान भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए। तर प्रमुख जिल्ला अधिकारी पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप लगाए।

संयोजक रेल्वे कर्मचारी संघर्ष समिति

कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी पूरानो कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम दिन सञ्चालन गरेपछि पूराना कर्मचारीहरू आन्दोलित भएका हुन्

नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर हटाएसँगै कर्मचारीहरू आफूहरूलाई पुनः समायोजन गर्न माग गर्दै कार्यालयमा तालाबन्दप् गरेका हुन्।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको छ। गत ३ असोजमा नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपालमा आए अहिलेसम्म इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved