भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

जयशंकरले केही दिनयता आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन्।

नेपालभ्युज

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं। भारतका विदेशमन्त्री एस जयशंकरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार पीसीआर परीक्षण गराएका जयशंकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री जयशंकरले पनि ट्विट गर्दै संक्रमणबारे जानकारी दिएका छन्। उनले केही दिनयता आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन्।

हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ। बिहीबारमात्र भारतमा दुई लाख ८६ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved