खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छौं, उपाधि हामीले नै जित्छौं : एपीएफ

नेपालभ्युज

खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छौं, उपाधि हामीले नै जित्छौं : एपीएफ
फाइल तस्वीर

पोखरा। २०औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन्। मनाङ र एपीएफ दुवै टिमले उपाधिका लागि शनिबार पोखरा रंगशालामा भिड्न लागेका हुन्।

शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपीएफले जित्ने दाबी गरे। “खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छु। उपाधि हामीले जित्छौं,” उनले भने, “मनाङ राम्रो टिम भएकाले त्यहीअनुसार रणनीति बनाएर खेल्नेछौं।”

एपीएफ टिम कप्तान नवीन लामाले पनि मैदानमा डटेर खेल्ने बताए।

मनाङका प्रशिक्षक फुजा तोपेले उपाधि जित्ने गरी आफूहरूले खेल्ने प्रतिक्रिया जनाए। ६ पटक उपाधि जितेको मनाङले सातौं पटक पनि आफैले उपाधि जित्नको लागि तयार रहेको उनले सुनाए। मनाङका कप्तान विमल रानाले पनि होम ग्राउण्डमा उपाधि जित्ने विश्वास व्यक्त गरे। सिधै क्वार्टरफाइनल भिडेको मनाङले नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै सेमिफाइनल पुगेको हो।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २-० तथा क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन् भने स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ। फाइनल खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved