स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्र भयो : गोकर्ण विष्ट

नेपालभ्युज

स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्र भयो : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले) सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन संविधान र कानूनलाई अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लीन भएको आरोप लगाएका छन्।

आज फेसबुकमार्फत उनले सत्ता गठन्धनका दलहरू लोकतान्त्रिक अभ्यासको बर्खिलाप लागेको आरोप लगाए। स्थानीय तहको निर्वाचनको परिणामबाट तर्सिएर सरकारमा सामेल दलहरूले चुनाव सार्ने जालझेल रचेका लेख्दै उनले यसबाट लोकतन्त्र र जनादेशको संरक्षण नहुने जिकिर गरेका छन्।

उनले संविधानको कार्यान्वयन गर्न अविलम्ब स्थानीय चुनावको घोषणा गर्न सरकारसँग माग पनि गरे।

उनले लेखेका छन्- यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन छन् । निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ । आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved