कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

नेपालभ्युज

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए
सांकेतिक तस्वीर।

सिन्हा। कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तिमा पनि ३३ जना सैनिक मारिएका छन्। मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाबीच उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो।

भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म कम्तिमा पनि ३३ सैनिक मारिएको स्रोतले जानकारी दिएको छ। यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो। भिडन्तका क्रममा विद्रोही समूहकामा पनि केही हताहत भएको अनुमान गरिएको छ।

यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved