नक्कली नियुक्ति दिई ठगी गरेको आरोपमा पक्राउ

नक्कली नियुक्ति दिई ठगी गरेको आरोपमा पक्राउ

जनकपुरधाम। जागिरको नक्कली नियुक्ति दिई ३ युवालाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय सहादत राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

राइनले सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपककुमार रायकाअनुसार राइनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र २० वर्षीय दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेका थिए।

प्रहरीकाअनुसार राइनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरूलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको सम्झौतापत्र दिएर ठगी गरेका हुन्।

सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदको जागिर दिएबापत तीनै जनाबाट जनही राइनले २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

तीनै जनाले जिल्ला प्रहरी कार्यालय धनुषामा राइनमाथि किर्ते र ठगी मुद्दामा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले खोजतलासको क्रममा राइनलाई बुधबार जनकपुरधामको कदमचोकबाट पक्राउ गरेको हो।

उनले आफूले किर्ते गरेको स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved