भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

नेपालभ्युज

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर। जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन ९ब्राउन सुगर०सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र ८३ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन्। नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved