ट्याक्टरसँग बस ठोक्किँदा २४ जना घाइते

नेपालभ्युज

ट्याक्टरसँग बस ठोक्किँदा २४ जना घाइते
सांकेतिक तस्वीर

सर्लाही। सर्लाहीमा रोकिराखेको ट्याक्टरसँग बस ठोक्किँदा २४ जना घाइते भएका छन्। सर्लाहीको हरिवन नगरपालिका ९ मा आज बिहान भैरहवाबाट विराटनगर आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस अनियन्त्रित भई उखु लोड भएको ट्याक्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा एक युवती गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved