रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले दियो युक्रेनलाई सचेत रहन चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीमा रुसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन भनेको ह्वाईटहाउसले बताएको छ।

नेपालभ्युज

रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले दियो युक्रेनलाई सचेत रहन चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीमा रुसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन भनेको ह्वाईटहाउसले बताएको छ। फेब्रुअरीमा “रुसले हमला गर्न सक्ने सम्भावना छ” यस क्रममा रुसले सैन्य हमला गर्न सक्ने अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना युक्रेनी समकक्षीलाई बताएका छन्। यस विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्र सङ्घले यस संकटका विषयमा एक खुला छलफल कार्यक्रम राखोस् भन्ने चाहेको छ।

यता क्रेमलिनले बिहीबार एक वक्तव्य प्रकाशित गर्दै अमेरिकाले आफ्नो मुख्य प्रस्ताव अस्वीकार गरेको बताउँदै सङ्कट समाधान हुने विषयमा आफू ‘कम आशावादी भएको’ बताएको छ। अमेरिकाले यसै हप्ता मात्रै रुसको प्रस्ताव अस्वीकार गरेको थियो। रुसले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संस्था (नाटो) को सदस्य नबनाउन अमेरिका समक्ष आग्रह गरेको थियो।

यद्यपि, रुसी अधिकारीहरूले वार्ताको माध्यमबाट वर्तमान सङ्कटको समाधान हुनसक्ने बताएका छन्। तर, अमेरिकी राष्ट्रपति बाइडेनले भने आगामी केही दिनभित्र नै रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि सैन्य हमला गर्न आफ्नो सेनालाई निर्देशन दिने बताएका छन्।

ह्वाईट हाउसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीचको टेलिफोन वार्तापछि अमेरिकी प्रशासनले केही समयदेखि युक्रेन मामिलामा गरेको चिन्तालाई झनै बढाएको बताएको छ।

‘राष्ट्रपति बाइडेनले फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्ने अत्यधिक सम्भावना रहेको बताउनु भएको छ,’ ह्वाईट हाउसकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता इमिली हर्नेले बताएकी छन्।

‘उहाँले यो सार्वजनिक रुपमा नै भन्नु भएको छ र हामीले युक्रेनी अधिकारीलाई यस विषयमा सचेत गराएका छौँ।’

बिहीबार मात्रै संयुक्त राष्ट्र संघका लागि अमेरिकी प्रतिनिधि लिन्डा थोमस ग्रिन फिल्डले ‘युक्रेनमाथिको धम्कीपूर्ण व्यवहार’ का विषयमा अमेरिकाले रुससँग वार्ता गर्न चाहेको बताएकी थिइन्।

‘युक्रेनलाई अस्थिर बनाउने मामिलामा रुस सहभागी छ, जसले गर्दा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र राष्ट्र संघको बडापत्रको उल्लङ्घन भएको छ,’ ग्रिनफिल्ड भनेकी छन्।

‘यो अवस्था पर्ख र हेरको होइन। राष्ट्र सङ्घको सुरक्षा परिषद्ले यस विषयमा छिटोभन्दा छिटो कम चाल्नुपर्छ। यस विषयमा सोमबार हुने वार्तामा ठोस प्रस्ताव आओस् भन्ने हामी चाहन्छौँ,’ उनले भनेकी छन्।

रुसले युक्रेनी सीमामा दसौँ हजार सेना परिचालन गरेसँग युरोप र रुसबीचको सम्बन्ध निकै खस्किएको छ। के्रमलिनले युक्रेन हमला गर्ने आफ्नो कुनै योजना नभएको बताउँदै गर्दा गत महीना आफ्नो सुरक्षा प्रत्याभूतिका लागि आग्रह गरेको थियो। जसका लागि रुसले अमेरिकी नेतृत्वको नाटोमा युक्रेन कहिल्यै सदस्य नहुने ‘ग्यारेन्टी’ खोजेको थियो।

पूर्व अनुमान गरिएको जस्तै मस्कोको मुख्य प्रस्तावलाई बुधबार अमेरिका र उसका युरोपेली साझेदारले अस्वीकार गरे। उनीहरूले पूर्वी युरोप (युक्रेन) को सीमामा रुसले गरेको सैन्य तैनाथीका विषयमा कुनै वार्ता हुननसक्ने बताएका छन्।

अमेरिकाले रुसी चिन्तालाई सम्बोधन गर्न केही क्षेत्रको रूपरेखा तयार पारेको छ। सायद अमेरिकाले युद्धको तीव्रतालाई कम गर्ने प्रयास गर्नेछ।

क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बिहीबार सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै भनेका छन्, ‘अमेरिका र उसका नाटो साझेदारको प्रतिक्रियाले हामी कम आशावादी भएका छौँ,’ भनेका छन्। यद्यपि, उनले वार्ताको सम्भावना सधैँ हुने प्रतिक्रिया दिँदै भने,, ‘यो हामी र अमेरिकाको स्वार्थमा भर पर्छ।’

यता रुसी विदेशमन्त्री सर्जिओ लाभोस्कीले पनि वार्ताको सम्भावना रहेको बताएका छन्। भनेका छन्,‘अमेरिकी प्रतिक्रियामा केही तत्त्व छ जसले हाम्रो दोस्रो प्राथमिकताका विषयमा छलफल हुने सम्भावना जीवित राखेको छ।’

यति भन्दै गर्दा विदेशमन्त्री लाभोस्कीले भने, ‘हाम्रो मुख्य प्रस्तावमा अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छैन।’ नाटोले आफ्नो साझेदार विस्तार गर्न नहुने बताउँदै रुसलाई खतरा हुने प्रकृतिले हतियार तैनाथ नगर्न मस्कोले आग्रह गर्दै आएको छ।

युरोप फेरी पनि युद्धमा जानसक्ने सबैमा डर पैदा हुँदा गर्दा सबैको ध्यान पुटिनले आगामी दिनमा चाल्न सक्ने कदममा छ। उनले पश्चिमा देशले आफ्नो प्रस्ताव अस्वीकार गरेको अवस्थामा ‘सैन्य–प्राविधिक उपाय’ अपनाउन सक्ने यसअघि नै चेतावनी दिएका छन्।

बाइडेनले जर्मनीका नयाँ नेतृत्वसँग भेटवार्ता गर्ने

अर्को महीना हुने जर्मन चान्सलर ओलाफ स्कोल्जोको अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसको सम्भावित आक्रमणका विषयमा छलफल गर्ने अनुमान गरिएको छ।

डिसेम्बरमा जर्मनको नेतृत्व समाले यता स्कोल्जोको त्यो नै पहिलो अमेरिका भ्रमण हुनेछ। युक्रेनलाई हतियार प्रदान गर्ने मामिलामा जर्मनले अमेरिका र नाटोका अन्य देशसँग साझेदारी नगरेको विषयले केही पश्चिमा देशलाई आक्रोशित बनाएको छ। भने, मस्कोलाई रोक्ने मामिलामा बर्लिनको भूमिकाका विषयमा पनि प्रश्न उठाइएको छ।

यता जर्मनकी विदेशमन्त्री एनालेना बेरबाँकले आफ्नो सरकारले साझेदार देशसँग नीतिगत हिसाबमा सहकार्य गरेको बताएकी छन्। यसबीच, यदि रुसले युक्रेनमा आक्रमण गरेको स्थितिमा बर्लिनले नार्ड स्ट्रीम २ ग्यास पाइपलाइनका विरुद्ध पनि कारबाही गर्ने तयारी गरेको बताइएको छ।

सञ्चालनमा नआएको पाइपलाइन रुसबाट जर्मनमा ग्यास पठाउन निर्माण गरिएको हो। तर, मस्कोसँग विवाद बढ्दै जाँदा बर्लिन उक्त परियोजनाबाट पछि हट्दै छ।

विदेशमन्त्री बेरबाँकले जर्मनीले युक्रेनलाई हतियार वितरण गर्न अस्वीकार गरे पनि किभीलाई आर्थिक सहयोग पनि जारी राख्ने बताएकी छन्। केही विश्लेषकका अनुसार जर्मनीको स्थिति आंशिक रुपमा २० औँ शताब्दीका दौरान उसको आक्रमणको इतिहाससँग निहित गरेको छ। त्यस बखत अमेरिका र रुससँग जर्मनीले दोस्रो विश्व युद्ध लडेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved