दक्षिण अमेरिकी विश्वकप छनोट: अर्जेन्टिनाले चिलीलाई हरायो

नेपालभ्युज

दक्षिण अमेरिकी विश्वकप छनोट: अर्जेन्टिनाले  चिलीलाई हरायो

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले शुक्रबार चिलीलाई २–१ ले हराएको छ। अर्जेन्टिनाको जितमा एन्जेल डि मारिया र लउटारो मार्टिनेजले एक–एक गोल गरे। चिलीका तर्फबाट बेन डियाजले एक गोल फर्काए । खेलका तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो। यो जितपछि अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक भएको छ र दोस्रो स्थानमा छ।

चिली भने १६ अंकमा सातौं स्थानमा छ । यसअघि छनोटका अन्य खेलमा इक्वडेर र ब्राजिलले १–१ को बराबरी खेले। यस्तै उरुग्वेले पाराग्वेलाई १–० ले हरायो। दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved