होण्डुरसमा महिला राष्ट्रपति चयन

नेपालभ्युज

होण्डुरसमा महिला राष्ट्रपति चयन

काठमाडौं। मध्य अमेरिकी देश होण्डुरसमा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन् । शियोमारा कास्त्रो राष्ट्रपति भएकी हुन्। उनले बिहीबार शपथ लिएकी हुन्।

देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शपथ ग्रहण समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने वाचा गरेकी छन्।

६२ वर्षकी कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागु औषध तस्करी गर्ने शक्तिशाली समूहहरूसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने बताएकी छन्।
कास्त्रोका श्रीमान् म्यानुअल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो।
कास्त्रोले गएको नोभेम्बरमा भएको चुनावमा जित हाँसिल गरेकी हुन्। त्यसअघि दुई पटक चुनाव लडे पनि जित्न सकेकी थिइनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved