अध्ययन भन्छ : अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीमा छन्

नेपालभ्युज

अध्ययन भन्छ : अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीमा छन्

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरू भोकमरीको जोखिममा रहेको देखाइएको हो।

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ। तत्कालीन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालीन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान सरकार बनेको हो।

अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग गरेका छैनन्। वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ।

अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन। तर तालिवान सरकारका अधिकारीहरूले भने आफूहरू अनुदार र अलोकतान्त्रीक नहुने दाबी गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved