क्यानको नयाँ ग्रेड सम्झौता सार्वजनिक, सोमपाल कामीसहित पाँच जना ‘ए’ मा

नेपालभ्युज

क्यानको नयाँ ग्रेड सम्झौता सार्वजनिक, सोमपाल कामीसहित पाँच जना ‘ए’ मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को नयाँ ग्रेड सम्झौता सार्वजनिक गरेको छ। केन्द्रीय सम्झौताको ग्रेड विभाजन महिला तथा पुरुष दुवैतर्फ गरेको हो।

जसअनुसार बलर सोमपाल कामीलाई पनि क्यानले ‘ए’ ग्रेडमा राखेको छ। क्यानको भैरहवामा बसेको बोर्ड बैठकले २०२२ को महिला तथा पुरुष खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको हो।

२०२२ को केन्द्रीय खेलाडी सम्झौता यस्तो छ 

पुरुषतर्फ 

ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी

ग्रेड बी : कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी

ग्रेड सी : कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ

क्यान बोर्ड बैठकले यसअघि अनुशासन उल्लंघनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को शुरुआती ६ महीनामा नराख्ने निर्णय क्यानले फिर्ता पनि लिएको छ।

त्यसैगरी महिलातर्फ

ग्रेड ए : रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी,

ग्रेड बी : सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे

ग्रेड सी : डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल समेटिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved