देश समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

नेपालभ्युज

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन्।

अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको एक सय बेडको सेन्ट्रल अस्पतालको धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा आज उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि यस अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले तीनै तहका सरकारले सहकारी र निजी क्षेत्र सँग सहकार्य गरी बढ्नुपर्ने आवश्यकतामा जोड दिए।

पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका जसपाका अध्यक्ष यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीतिअनुसार प्रत्येक पालिकामा अस्पतालहरू निर्माण हुन लागेकोमा खुशी व्यक्त गरे।

उनले विगतमा आफूले सोही स्वास्थ्य नीति अनुरूप नेपालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार सँग आग्रह गरे। यादवले अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै समयमा निजी क्षेत्रबाट गरिएको यस प्रकारका कामको प्रशंसा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved