आहारारा गोल्डकप उपाधिका लागि मनाङले एपीएफसँग खेल्ने

नेपालभ्युज

आहारारा गोल्डकप उपाधिका लागि मनाङले एपीएफसँग खेल्ने

पोखरा। मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।

पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भने मनाङले जित निकाल्यो।

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे। तर, विश्व अधिकारी ले भने पोस्टको सही दिशा दिन सकेनन्।

यता आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे। दीपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए।

पेनाल्टी अघि दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न सकेनन्।

पहिलो हाफमा मनाङले पाएको पेनाल्टीको मौकालाई कप्तान विमल रानाले चुकाए। पेनाल्टी प्रहार गर्न गएका उनले पोष्टको माथिल्लो दिशाबाट बल बाहिर पुर्‍यादिएका थिए।

आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। अब मनाङले फाइनलमा शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved