रेडमी नोट ११ नेपाली बजारमा, कति पर्छ मूल्य ?

नेपालभ्युज

रेडमी नोट ११ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै नेपाली बजारमा रेडमी नोट ११ लञ्च गरेको छ । २२,९९९ रुपैयाँमा उपलब्ध यो फोनले फ्ल्यागशिप फोनलाई अझै सबैको पहुँचमा पुर्‍याएको कम्पनीको दाबी छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ। जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रूपमा पुर्‍याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ।”

उनले थपे, “भर्खरै लञ्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोन इन्डस्ट्रीमा हामीलाई साँच्चै गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ।

फोनमा फ्ल्याग्शिप लेभल ६ एनएमसहित स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर छ। जसमा ५००० एमएएचको ब्याट्री छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved