आधिकारिक रूपमा टाटाले किन्यो एअर इण्डिया

नेपालभ्युज

आधिकारिक रूपमा टाटाले किन्यो एअर इण्डिया

काठमाडौं । भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई किनेको छ। आज ( २७ जनवरी) मा भएको सम्झौताअनुसार टाटाले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो।

अक्टोबर २०२१ मा एयर इण्डियाको विनिवेशका लागि बोलपत्रमा टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको थियो। यससँगै प्राप्तिको प्रक्रिया शुरु भएको छ।

एयर इण्डियाको ‘घर फर्काइलाई स्वागत गर्दै टाटा सन्सका अध्यक्ष रतन टाटाले भने, ‘टाटा समूहले एयर इण्डियाको बोली जित्नु ठूलो खबर हो। हामीले एयर इण्डियालाई फिर्ता ल्याउन धेरै प्रयास गर्नुपर्नेछ। हामी आशा गर्छौं कि यसले बलियो व्यापार अवसरहरू सिर्जना गर्नेछ।’

भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले प्रक्रिया पूरा गरेर स्वामित्व हस्तान्तरण भएको बताए। उनले ट्वीटरमा लेखेका छन्।

यो सन्देशसँगै रतन टाटाले एउटा तस्विर पनि सेयर गरेका छन् जसमा जेआरडी टाटा एयर इन्डियाको विमानबाट ओर्लिरहेको देखिन्छ र उनको पछाडि विमान चालक दल छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved