विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकले शुरु गर्‍यो क्यूआर कोडबाट भुक्तानी

नेपालभ्युज

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकले शुरु गर्‍यो क्यूआर कोडबाट भुक्तानी

विराटनगर। मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा शुरु गरेको छ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन्।

यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरूलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ। कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो।

मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरूलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्‍याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved