कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

नेपालभ्युज

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

जाजरकोट। कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ। कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए।

केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोना सङ्क्रमण हुनसक्ने भएकाले १२ माघदेखि अर्को सूचना नआउञ्जेलसम्म सेवा प्रवाह बन्द गरिएको उनको भनाइ थियो। यस्तै एनआइसी एशिया बैंकका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि त्यहाँको सेवा प्रवाहमा समस्या भएको एक कर्मचारीले जानकारी दिए।

उनले अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको तर परीक्षण भने नभएको बताए। भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित अन्य कर्मचारीलाई पनि कोरोना भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved