रेणु यादवविरुद्ध सप्तरी प्रहरीले दर्ता गरेन उजुरी, हुलाकमार्फत रौतहटमा पेश

कर्णले आजै  सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।

नेपालभ्युज

रेणु यादवविरुद्ध सप्तरी प्रहरीले दर्ता गरेन उजुरी, हुलाकमार्फत रौतहटमा पेश

काठमाडौं। हिंसा भड्काउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध सप्तरी प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ।

त्यसपछि पूर्वसांसद् तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले रौतहटमा हुलाकमार्फत जाहेरी पेश गरेका छन्। कर्णले आजै  सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।

मन्त्री यादवले ५ माघमा रौतहटको गौरमा आयोजित एक कार्यक्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकी थिइन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै ‘गौर काण्ड’ दोहोर्‍याउने चेतावनी दिएकी थिइन्। उक्त अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व फैलाउन मद्दत पुगेको नेता कर्णको दाबी छ ।

कांग्रेस नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा विहीबार दिएको जाहेरीमा मुलुकी अपराध संहिता ०७४ को दफा ४९ (४) बमोजिमको अपराध भएको दाबी गर्दै दफा ५ (ग) बमोजिमको कैद र जरिवाना गर्न माग गरेका छन् ।

उक्त अभिव्यक्तिको चौतर्फ विरोध भएपछि मन्त्री यादवले आफ्नो वक्तव्यलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरि अतिरञ्जित गरिएको टिप्पणी गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved