जनवरी ट्रान्सफर विन्डो अन्त्य हुनुअघि स्ट्राइकर र विंगर थप्न चाहन्छन् जाभी

नेपालभ्युज

जनवरी ट्रान्सफर विन्डो अन्त्य हुनुअघि स्ट्राइकर र विंगर थप्न चाहन्छन् जाभी

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले जनवरी ट्रान्सफर विन्डोको अन्त्य हुनुअघि स्ट्राइकर र विंगर ल्याउन चाहेका छन्।

४२ वर्षीय जाभीले क्लबको प्राविधिक विभागलाई यसबारे अनुरोध गरेका छन्। क्लबमा ड्यानी आल्भेस र फेरान टोरेस यस महिना आइपुगेका छन्। तर जाभी अझै पनि पिचको शीर्ष छेउमा चोटपटक र आफ्ना अवस्थित आक्रमणबाट चिन्तित छन्। उनले बार्सिलोनाको पछिल्लो लाइन थप बलियो बनाउन चाहिरहेका स्पेनी पत्रिका मार्काले लेखेको छ। त्यसैले पनि उनी खेलाडी थप गर्न चाहन्छन्।

बार्सिलोना जारी स्पेनिस लिगमा कमजोर देखिएको छ। दुई दिनअघि भएको खेलमा अलभेसलाई उसको घरेलु मैदानमा बार्सिलोनाले कठिन १-० को जित निकालेको थियो। क्लबले जारी लिगमा २२ खेलपछि मात्र ९ जित निकालेको छ भने चार हार ८ बराबरी बेहोरिसकेको छ। शीर्ष चारमा नअटाएको बार्सिलोनाको गोलअन्तर मात्र ९ छ। र पाँचौं स्थानमा छ।

च्याम्पियन्स लिगमा लज्जास्पद पदर्शन गरेको बार्सिलोना समूह चरणबाटै बाहिरिसकेको छ। लिगमा उसले फेब्रुअरी ६ मा एट्लेटि मड्रिडसँग घरेलु मैदानमा क्याम्प नोउमा खेल्दै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved