यातायात कार्यालयमा विचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन

नेपालभ्युज

यातायात कार्यालयमा विचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन

काठमाडौं। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन्।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन्। उनले यातायात सेवालाई चुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउ‍न मन्त्रालयले व्यवहारिक काममा मात्रै नभई कानूनी कामलाई पनि अघि बढाएर लैजाने बताए।

मन्त्री दाहालले यातायात कार्यालयमा अझैँ पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकाले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए। उनले यातायात कार्यालयमा विभिन्न समयदेखि रहेका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए।

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकाले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved