ऊखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला

नेपालभ्युज

ऊखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला
सांकेतिक तस्वीर

मोरङ। मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरनजिकै रहेको ऊखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ। ऊखु काट्न गएका किसानले बारीमा खाल्डो खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खाल्डोमा पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठकाअनुसार खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुषको पहिचान भएको छैन।

शव सडेका कारण पहिचान गर्न समस्या भएको प्रहरीले बताएको छ। बुधबार शंकास्पद खाल्डो रहेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय रंगेलीको टोली घटनास्थलमा पुगेको थियो। उत्खनन गर्दा करीब पाँच फिट गहिरो खाल्डोमा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव भेटिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved