चार बेवारिसे शव फेला

चार बेवारिसे शव फेला
सांकेतिक तस्वीर

बुटवल। रूपन्देही आसपासका क्षेत्रमा चार बेवारिसे शव फेला परेका छन्। मंगलबार र बुधबार गरी यस क्षेत्रमा चार बेवारिसे शव फेला परेका हुन्।

बुधबार रूपन्देहीको सैनामैनामा एक पुरुषको शव भेटिएको छ। मंगलबार पनि जिल्लाकै देवदह नगरपालिकामा एक महिला र बालिकाको शव फेला परेको थियो।

यस्तै बुधबार रूपन्देहीसँगै जोडिएको जिल्ला पाल्पाको तिनाउ नदीमा एक महिलाको शव फेला परेको छ। पाल्पाको तिनाउ गाउँपालिकामा ३ मा रहेको विद्युतगृहको ड्याम नजिकै अन्दाजी ६०-६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

स्थानीयले खबर गरेपछि जिल्ला र दोभान प्रहरी घटनास्थल पुगेर घटनासम्बन्धी अनुसन्धान गरिरहेको पाल्पा प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved