पोखरा महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवा स्थगित

नेपालभ्युज

पोखरा महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवा स्थगित

पोखरा। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारी संक्रमित भएपछि यही १६ माघसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ।

केही कर्मचरी संक्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना संक्रमणका कारण बन्द गरिएको छ। महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ। जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved