जिप दुर्घटनामा दुईको मृत्यु

नेपालभ्युज

जिप दुर्घटनामा दुईको मृत्यु
सांकेतिक तस्वीर

इलाम। आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भई सडकदेखि करीब पाँच सय मिटर तल झरेको छ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका ४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको बीएण्डसी अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved