डेनमार्कमा ओमिक्रोनको उपप्रजाति, ओमिक्रोनभन्दा बढी संक्रामक

नेपालभ्युज

डेनमार्कमा ओमिक्रोनको उपप्रजाति, ओमिक्रोनभन्दा बढी संक्रामक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओकिक्रोनको उपप्रजाति ओमिक्रोनको तुलनामा झनै संक्रामक रहेको डेनमार्कका स्वास्थमन्त्री म्यान्गस ह्युनिकेले बताएका छन्। ओमिक्रोनको तुलनामा धेरै संक्रामक रहे पनि ओमिक्रोनको उपप्रजाति घातक नरहेको बुधबार राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले बताएका हुन्।
“ओमिक्रोनको उपप्रजाति संक्रामक रहे पनि यसले घातक रहेको पुष्टि भने भएको छैन,” स्वास्थ्यमन्त्री ह्युनिकेले बताए।
विश्वभर हाल कोरोना संक्रमितमध्य ओमिक्रोन संक्रमित ९८ प्रतिशत रहेका छन्। तर, डेनमार्कमा भने ओमिक्रोनलाई त्यसको उपप्रजातिले विस्थापन गरेको छ। जनवरी दोस्रो हप्तादेखि त्यहाँ ओमिक्रोनको तुलनामा त्यसको अर्को प्रजाति फैलिएको हो।
बेलायतको स्वास्थ्य सुरक्षा विभागले पनि ओमिक्रोनको उपप्रजातिका विषयमा अनुसन्धान गरेको बताएको छ। प्रारम्भिक अनुसन्धानबाट ओमिक्रोनको तुलनामा त्यसको उपप्रजाति १ दशमलव ५ प्रतिशत बढी संक्रामक रहेको डेनमार्कका सरुवा रोग विभाग स्टेन्स सेरम् इन्टिच्युड (एसएसआई) ले बताएको छ।
तर, इन्टिच्युडले गरेको प्रारम्भिक अध्ययनका अनुसार अस्पतालमा भर्ना हुने दर दुवै भाइरसको समान रहेको बताएको छ। ओमिक्रोनका कारण डेनमार्कमा धेरै मानिस अस्पताल भर्ना हुनुपरेको छैन।
“यो धेरै संक्रामक रहेको संकेत मिलेको छ, विशेष गरी भ्याक्सिन प्रयोग नगरेकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको देखिन्छ। तर, भ्याक्सिन प्रयोग गरेकालाई पनि यसको संक्रमण हुनसक्छ,” एसएसआईका प्राविधिक निर्देशक टे्रय ग्रभले भनेका छन्।
यसको मतलव डेनमार्कमा पहिले अनुमान गरिएको भन्दा धेरै समय ओमिक्रोनको संक्रमण फैलिन सक्छ। ओमिक्रोनको फैलावट फेब्रुअरीमा उचाइमा पुग्ने अनुमान गरिएको छ।
ओमिक्रोनको उपप्रजातिका संक्रमण बेलायत, स्विडेन र नर्वेमा पनि देखिएको छ, यद्यपि, डेनमार्कको तुलनामा त्यहाँ कम रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved