आहा रारा गोल्डकप : फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

नेपालभ्युज

आहा रारा गोल्डकप : फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

पोखरा। पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन।
खेल आज दिउँसो साढे २ बजे शुरु हुनेछ।

आज दुवै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ। मनाङले नेपाल पुलिस क्लबलाई २, ० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै आर्मीले थ्री स्टार क्लबको चुनौती १, ० ले पन्छाएर मनाङसँगको भेट पक्का गरेको हो।

यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मच्छिन्द्र फुटबल क्लबलाई ३, १ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ। फाइनल शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved