अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा इजिप्ट

नेपालभ्युज

अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा इजिप्ट

काठमाडौं। आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट, अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आउटमा आइभरी कोस्ट ५–४ गोल अन्तरले पराजित भएको हो। यो जितसँगै इजिप्ट अन्तिम आठमा पुगेको छ।

निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि भएको पेनाल्टीमा इजिप्टका मोहमद सलाह, जिजो, अमर एल सोलिया, ओमार कमाल र मोहमद अब्देलले गोल गरे। आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइ पेनाल्टीमा चुके। एरिक पेनाल्टीमा चुक्नु नै आइभरी कोस्टका लागि घातक बन्यो।
अब इजिप्टको भेट मोरक्कोसँग हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved