शुक्रवारदेखि मौसम सुधार हुँदै जाने सम्भावना

नेपालभ्युज

शुक्रवारदेखि मौसम सुधार हुँदै जाने सम्भावना

काठमाडौं। भोलि (शुक्रवार)देखि मौसममा क्रमिक सुधार हुने भएको छ। पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज पनि उस्तै रहने सम्भावना छ।
यो मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितको विज्ञप्ति निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

आज बिहीबार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved