विश्वभर कोरोना : सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघ्यो

नेपालभ्युज

विश्वभर कोरोना : सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघ्यो

काठमाडौं। विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।

योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ। जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ। पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ।

यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको छ।

बुधबार विश्वभर ३४ लाख ९५ हजार नयाँ सङ्क्रमित थपिँदा २३ लाख ७१ हजार निको भएका थिए भने १० हजारको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved