अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन विजयीहरूलाई दिए बधाई

नेपालभ्युज

अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन विजयीहरूलाई दिए बधाई

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभाको निवार्चनमा विजयी सम्पूर्णलाई बधाई दिएका छन्। आज भएको राष्ट्रियसभाको १९ सिटको निवार्चनमा नेकपा एमालेका एक सहित गठबन्धन दलका १८ सांसद निवार्चित भएका छन्।

प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुँदा कांग्रेसबाट ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट समान ५ ५ सांसद निवार्चित भएका छन्। यस्तै जनता समाजवादी पार्टीबाट १ जना निवार्चित हुँदा राष्ट्रिय जनमोर्चाबाट पनि १ सांसद निवार्चित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved