प्रदेश १ मा एमाले उम्मेदवारले आफ्नै दुई सांसदको मत नपाउँदा पराजित

नेपालभ्युज

प्रदेश १ मा एमाले उम्मेदवारले आफ्नै दुई सांसदको मत नपाउँदा पराजित

काठमाडौं। राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोला प्रथाबाट विजयी भएका छन्। निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।

त्यो ठाउँमा भने एमालेका उम्मेदवारले जित्ने आंकलन गरिएको थियो। तर बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। गोला तान्दा बस्नेत विजयी भए।
प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उनी पराजित भएका हुन्। यदि दुई मत पाएको भए बराल सहजै विजयी हुने थिए। तर उनले दुई मत पाएनन्। एमालेका ४० जना प्रतिनिधिले मतदान गरे पनि बरालले ३८ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved