राष्ट्रियसभा निर्वाचन: गण्डकीमा कमला पन्त विजयी

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन्।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा कमला पन्त विजयी

पोखरा। राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन्। उनले तीन हजार ८४ मत ल्याएर विजयी भएकी हुन्। गठबन्धनका सात मतदाताले एमाले उम्मेदवार लीला थनेतलाई मत हालेका छन्। गण्डकीमा गठबन्धनसँग स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर ९९ जना थिए। पन्तले ९४ जनाको मत पाएकी छन्।

एमालेसँग स्थानीय तहका ६९ जनप्रतिनिधि रहेकोमा थनेतले ७४ जनाको मत पाएकी हुन्। त्यसबाहेक गठबन्धनकै दुई सांसदको पनि मत एमाले उम्मेदवारलाई गएको छ। गण्डकी प्रदेशसभाका ५९ सांसदमध्ये गठबन्धनसँग ३१ र एमालेसँग २७ सांसद छन्।

महिला क्लस्टरको मत परिणामअनुसार दुवै उम्मेदवारले समान २९र२९ जनाको मत पाएका छन्। एउटा मतपत्र खाली भेटिएको छ। एमाले उम्मेदवार थनेतले कुल २७ सय २४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved