स्थानीय तहको निर्वाचन ६ महीना पछि धकेल्न सकिन्छ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

स्थानीय तहको निर्वाचन ६ महीना पछि धकेल्न सकिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महीना पछि धकेल्न सकिने बताएका छन्।

जनप्रतिनिधिहरूले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेका भन्दै उनीहरूको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नमिल्ने तर्कसमेत उनले गरे।

कार्यकाल सकिएको ६ महीनाभित्र निर्वाचन गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो निर्वाचन मितिले ६ महीनाभित्र पनि पर्ने हुनाले त्यसरी नै निर्वाचनको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उनको भनाइ छ।

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताए। प्रधानमन्त्रीले तोकेकै मितिमा निर्वाचन हुने उनले दाबी गरे। उनले कतिपय व्यक्तिहरूले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भए पनि गठबन्धन नफुट्ने दाबी गरे।

निर्वाचनअघि वा निर्वाचन पछिसम्म नै कुनै न कुनै रूपको गठबन्धन कायमै रहने उनले स्पष्ट पारे। उनले भने, “प्रधानमन्त्रीले जुन डेट प्रस्तुत गर्नुहुन्छ, त्यही डेटमा चुनाव हुन्छ। गठबन्धनको बैठकमा सरसल्लाह पनि भइरहेको छ। गठबन्धनले जे निर्णय गर्छ त्यो सहमतिमा गर्छ।”

मन्त्री श्रेष्ठले जुनसुकै समयमा निर्वाचन गरे पनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरूको दुई तिहाई बहुमत आउने दाबीसमेत गरे। गठबन्धनका लागि जुनसुकै समयमा निर्वाचन गरेपनि प्रतिकूलता नरहेको उनले जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved