मधेशमा राष्ट्रियसभामा सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी

मधेशप्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्।

नेपालभ्युज

मधेशमा राष्ट्रियसभामा सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी

काठमाडौं। मधेशप्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्। सत्ता गठबन्धनको महिला समूहबाट नेकपा (माओवादी) केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।

नेकपा (एमाले–लोसपा) गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपाकुमारी यादवले ३ हजार २ सय २८ मतभार मात्रै ल्याउन सकिन्।

महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीयतर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved