प्रदेश १ राष्ट्रियसभा निर्वाचन

प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवार हाबी, खुलामा गोलाप्रथाले एमाले पराजित

नेपालभ्युज

प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवार हाबी, खुलामा गोलाप्रथाले एमाले पराजित

विराटनगर। प्रदेश १ बुधबार भएको तीन ओटा राष्ट्रियसभा सदस्य सिटमध्ये दुई ओटामा सत्ता गठबन्धन विजयी भएको छ।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई १७४ मतसहित राष्ट्रियसभा सदस्यमा विजयी भइन्। प्रदेश निर्वाचन कार्यालयद्वारा जारी मत परिणामअनुसार एकीकृत समाजवादीकी राईले प्रदेशसभा सदस्यहरूको ५२ र स्थानीय तहका जनप्रतिनिधिहरूको १२२ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी नेकपा (एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभा सदस्यहरूको ३८ र स्थानीय तहका जनप्रतिनिधीहरूको १४१ मत पाइन्।

महिलातर्फ विजयी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई

खुलामा गोलाप्रथा

यस्तै खुलामा नेपाली कांग्रेसका गोपाल बस्नेत राष्ट्रियसभा सदस्यमा विजयी भए। बुधबार भएको मतगणनामा एमालेका गुरु बराल र बस्नेतले समान मत ल्याउँदा उनीहरूबीच गोलाप्रथामा भएको थियो। गोलाप्रथामा एमाले नेता बराललाई पराजित गर्दै बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन्।

बुधबार भएको मतदानमा नेपाली कांग्रेसका बस्नेत र नेकपा एमालेका गुरु बरालले बराबरी मत प्राप्त गरेका थिए। बस्नेतले ५० जना प्रदेशसभा सदस्य र ११६ जना स्थानीय तहका जनप्रतिनिधि गरि १६६ जनाको मत प्राप्त गरेका थिए।

त्यहीँ एमाले नेता बरालले ३८ जना प्रदेशसभा सदस्य र १४८ जना स्थानीय तहका जनप्रतिनिधि गरी १८६ जनाको मत प्राप्त गरेका थिए। दुवै उम्मेदवारको मतभार ४४८८ भएको थियो।

यस्तै प्रदेश १ बाट अल्पसंख्यकमा नेकपा एमालेकी सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभाको निर्वाचनमा विजयी भएका छन्। एकीकृत समाजवादीका हेमराज राईलाई २८ मतान्तरले पराजित गर्दै शेर्पा राष्ट्रियसभा सदस्यमा विजयी भए।

राष्ट्रियसभाको निर्वाचनमा अल्पसंख्यकमा विजयी नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा

शेर्पाले १९४ मत ल्याउँदा राईले १६२ मत पाएका छन्। शेर्पाले प्रदेशसभा सदस्यहरूको तर्फबाट ४२ र स्थानीय जनप्रतिनिधिको तर्फबाट १५२ मत प्राप्त गरिन्। त्यहीँ राईले प्रदेशसभा सदस्यहरूबाट ४९ र स्थानीय जनप्रतिनिधिबाट ११३ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved