एकीकृत समाजवादीकी केन्द्रीय सचिव शाह सुदूरपश्चिमबाट राष्ट्रियसभामा निर्वाचित

बुधबार भएको निर्वाचनबाट शाह निर्वाचित भएकी हुन्। उनले नेकपा एमालेकी सन्तोषकुमारी थापालाई पराजित गरेकी हुन्।

नेपालभ्युज

एकीकृत समाजवादीकी केन्द्रीय सचिव शाह सुदूरपश्चिमबाट राष्ट्रियसभामा निर्वाचित

काठमाडौं। सत्तरुढ दल नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज गरिमा शाह राष्ट्रियसभा सदस्य निर्वाचित भएकी छन्।

बुधबार भएको निर्वाचनबाट शाह निर्वाचित भएकी हुन्। उनले नेकपा एमालेकी सन्तोष थापालाई पराजित गरेकी हुन्।

शाहले २८३४ मतभार पाएर विजयी भइन्। उनको प्रदेश सभातर्फ एक र स्थानीय तहतर्फ दुई मत बदर भएको थियो।

शाहले प्रदेशसभामा ३९ अर्थात १८७२ मत पाइन्। प्रदेशसभा सदस्यको एक भोटको ४८ मतभार मानिन्छ।

यस्तै स्थानीय तहका १०९ जनाबाट १९६२ मतभार शाहको पक्षमा आएको छ। स्थानीय तहको एक मतको १८ मतभार मानिन्छ।

शाहकी प्रतिद्वन्द्वी थापाले १७२८ मतभार पाएकी छन् । प्रदेशसभामा १२ अर्थात ५७६ मत पाइन्। यस्तै स्थानीय तहका ६४ जनाबाट ११५२ मतभार थापाको पक्षमा आएको छ।

खुला र दलित तर्फको मतगणना पनि प्रदेश सभामा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved