लुम्बिनीमा गठबन्धनमा तीनैजना उम्मेदवार विजयी

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि भएको मतदानमा ८१ जना प्रदेशसभा सदस्य र १०७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए।

नेपालभ्युज

लुम्बिनीमा गठबन्धनमा तीनैजना उम्मेदवार विजयी

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धन विजयी भएको छ। आज भएको मतदानबाट गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका हुन्।

लुम्बिनीमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका हुन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार रहेका थिए।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि भएको मतदानमा ८१ जना प्रदेशसभा सदस्य र १०७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved