बाबुराम भट्टराईलाई फेरि कोरोना संक्रमण

डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।

नेपालभ्युज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई फेरि कोरोना संक्रमण भएको छ।

डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।

डा. भट्टराईले लेखेका छन्, ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाका निम्ति क्षमाप्रार्थी छु।’

यसअघि, ८ कात्तिक २०७७ मा पनि डा. भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved