राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिममा खस्यो शतप्रतिशत मत

सुदूरपश्चिममा खस्यो शतप्रतिशत मत

धनगढी। सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको मतदान सकिएको छ। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मतदान गरेर शुरु भएको थियो।

५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिहरु कुल २२७ मतदाता रहेका थिए। ९ बजेबाट शुरु भएको मतदानमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टका अनुसार दिउँसो ३ बजेबाट मतगणना शुरु हुनेछ। प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ।

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्रले अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी (गरिमा) शाह र दलितमा नेकपा माओवादीका जगत पार्कीले उम्मेदवार रहका छन।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन।

प्रदेशसभा सदस्य अम्बि थापाले अन्तिम मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved